प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै « Khabarhub

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ ।

आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगो लाग्नेछ ।

मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुटेका छन् । प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

प्रदेश १ मा ९२ सांसद सासद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : २९ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष