रोमालाई हरायो एसी मिलानले, नेपोलीसँग बराबरी | Khabarhub Khabarhub

रोमालाई हरायो एसी मिलानले, नेपोलीसँग बराबरी


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा एसी मिलानले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

रोमाको मैदानमा २६ औं मिनेटमा ज्लाटन इब्राहिमोविच र ५७ औं मिनेटमा फ्रान्क केस्सीले गोल गरेका थिए ।

खेलको इन्जुरी समयमा रोमाका सारावेले एक गोल फर्काएपनि त्यो जितका लागि प्रर्याप्त हुन सकेन।

यस जितसँगै मिलानले ११ खेलमा ३१ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

यससँगै प्रतियोगिताको शीर्ष टोली नेपोलीसँग एसी मिलानको अंक बराबरी भएको छ ।

नेपोलीले आइतबारै भएको अर्को खेलमा सार्लेनिटानामाथि १-० को जित हासिल गरेको थियो ।

आइतबारको नतिजापछि ११ खेलको समाप्तीमा नेपोली र एसी मिलान समान ३१ अंकका साथ इटालियन सिरी ‘ए’अंकतालिकाको शीर्ष दुई स्थानमा छन् । १९ अंक जोडेको रोमा चौथो स्थानमा छ ।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : २० बजे

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं– अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण

म्याग्दी– गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१–०८२ मा २४५ किलोमिटर सडक

सामाजिक सञ्जाल प्रतिबन्ध : मनोरञ्जन क्षेत्र चिन्तित

काठमाडौं – नेपाल सरकारले आफू मातहतका कार्यालयमा फेसबुक, युट्युब र

एक दिनमा देशभर ३४ विपदका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण शुक्रबार देशभर

दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज हुँदै

काठमाडौं– दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आज (शनिबार) ललितपुरको  होटल