इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामले हरायो एस्टन भिल्लालाई « Khabarhub

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामले हरायो एस्टन भिल्लालाई


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ । गए राति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई पराजित गरेको हो ।

खेलको सातौं मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।

३८ औं मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो।

खेलको ८० औं मिनेटमा पाब्लो फोर्नल्स र ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४-१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्याम १० खेलमा २० अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ । एस्टन १० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ३८ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष