कांग्रेस जस्तै देश पनि अस्तव्यस्त भयो : पौडेल « Khabarhub

कांग्रेस जस्तै देश पनि अस्तव्यस्त भयो : पौडेल


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पार्टी र मुलुक सँगैसगै अस्तव्यस्त भएको बताएका छन् ।

प्रदेश युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सफल नेतृत्व नभएर कांग्रेस अस्तव्यस्त भएजस्तै परिवर्तनपश्चात नेतृत्वहरू कुशल नपाएर देश नै अधोगतितर्फ गएको टिप्पणी गरे ।

‘७० वर्षसम्मको आन्दोलन र त्यागले हामी आफ्नो देशमा लोकतन्त्र ल्याएउन सफल भयौं’, नेता पौडेलले भने, ‘तर यत्रो त्याग र बलिदानीले ल्याएको परिवर्तनलाई संस्थागत गर्ने भेलामा न्यायदेखि हरेक संविधान निकायहरूमा भाँडभैलो छ । सदन पटक–पटक अवरुद्ध गरिन्छ । देशलाई अस्तव्यस्त पारिएको छ । यस्तो अवस्थामा लाग्छ एकपटक फेरि लोकतन्त्रको रक्षाका लागि आमजनताले आगाडि आउनुपर्छ ।’

संविधानमा रहेका कमीकजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता रहे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने जस्तो संविधान संशोधनको आवश्यकता नरहेको नेता पौडेलको भनाइ थियो । संविधान संशोधनको मुद्दालाई अहिले उचालेको खण्डमा मुलुक अस्चव्यस्तमा र द्वन्द्वमा फस्न सक्ने नेता पौडेलले दाबी गरे ।

न्यायपालिकामा देखिएको समस्याबारे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्र छलफल राख्न आग्रह गरेको बताउँदै पौडेलले भने, ‘विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्दा भागबन्डा कुरा त्यसैले हामी यस विषयमा पार्टीभित्र छलफल गर्न साझा धारणा बनाउन सभापतिज्यूलाई भनेको छु ।’

पार्टीको महाधिवेशनमा सभापति उम्मेदवारको आकांक्षीसमेत रहेका वरिष्ठ नेता पौडेलले भने, ‘समावेशी र समानुपातिमा कांग्रेस अन्य पार्टीभन्दा अब्बल छ। त्यसकारण सहमतिको अधारमा सभापति चयन हुनुपर्छ भन्ने मेरो धारणा हो ।’

उनले मधेस कांग्रेसको जनआधार भएको तर्क गरे । ‘मधेसलाई पनि नेतृत्व दिनुपर्छ भन्ने मेरो मान्यता हो । तर यो निर्णय कांग्रेसका नौ लाख कार्यकर्ताको हातमा छ,’ पौडेलले भने ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ५७ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।