प्रदेश १ का मुख्यमन्त्री आचार्यबाट राजीनामाको घोषणा (भिडियोसहित) « Khabarhub

प्रदेश १ का मुख्यमन्त्री आचार्यबाट राजीनामाको घोषणा (भिडियोसहित)


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विश्वासको मत प्राप्त नहुने भएपछि  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका छन् ।

उनले सम्बोधन गर्दै राजनीतिक खिचातानीले लोकतन्त्र नै खतरामा परेको दाबी गरेका छन् । ‘सबै दल एकै ठाउँमा उभिनुको विकल्प छैन, तर सबै एकअर्काको खिचातानीमा परेर संविधान र लोकतन्त्र नै खतरामा परेको छ,’ उनले भने,’मेरो सरकार गठनदेखिनै अस्थिरताबाट जकेडिएको छ तथापि राम्रो काम गरेको छु ।’

सम्बोधनका क्रममा उनले आफूले पहिल्यै पनि राजीनामा दिन चाहेको तर जनताका कारण नदिएको दाबी गरे । जनताले अगाडि बढ भनेकाले राजीनामा नदिई बसको उनले बताए ।

 

मुख्यमन्त्री आचार्यले जारी प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भए पनि विश्वासको मत नपुग्ने भएपछि राजीनामाको घोषणा गरेपछि उक्त कार्यसूची हटाइएको सभामुख प्रदीप कुमार भण्डारीले जानकारी दिए ।

आचार्यले राजीनामाको घोषणा गरेसँगै प्रदेशसभा बैठक कात्तिक २३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले ६८ दिनमा राजीनामा गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर पार्टी फुटेपछि प्रदेश-१ मा एमालेका ४१ सांसद छन् । त्यसमध्ये एक जना सभामुख हुन् भने र एक जना फरार छन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ३९ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका