प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले पेश गरे दाबी | Khabarhub Khabarhub

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले पेश गरे दाबी


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा शपथग्रहण गराउने भएका छन् । शपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : १४ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा