सुदूरपश्चिमा नेकपा एसका पदाधिकारीको कार्यविभाजन « Khabarhub

सुदूरपश्चिमा नेकपा एसका पदाधिकारीको कार्यविभाजन


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टी कमिटीका पदाधिकारीको कार्यविभाजन गरेको छ ।

सोमबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले ठूलो दलको हैसियतमा आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग पार्टी नेतृत्व समक्ष गर्नेसहित कमिटीका पदाधिकारीको कार्यविभाजन गरिएको जानकारी दिइन् ।

पदाधिकारीको कार्यविभाजनअनुसार सङ्गठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुखमा दीर्घबहादुर सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारालामा तामाङ, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी र महिला फाँट प्रमुखमा माया भट्टलाई जिम्मेवारी दिइएको छ ।

सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा यही कात्तिक महिनाभित्र जिल्ला कमिटी र नगर तथा गाउँ कमिटी गठन तथा विस्तार गरिसक्ने जनाइएको छ । पत्रकार सम्मेलनमा ठूलो दलको हैसियतमा आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन हुनुपर्ने माग अस्वाभाविक नरहेकाले यो माग पार्टीको नेतृत्वसमक्ष राख्ने निर्णय भएको सो पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज शाहले जानकारी दिइन् ।

प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) का १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका सभामुखबाहेक दस सदस्य छन् । यस्तै जनता सामाजवादी पार्टी र नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका एक–एकजना सदस्य छन् ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा एमालेबाट विभाजन भई गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी छ । पार्टी विभाजनसँगै एमालेबाट सरकारमा सहभागी रहेका मन्त्री सरकारबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ४६ बजे

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा