धवलागिरि अस्पतालमा जीवनजल अभाव « Khabarhub

धवलागिरि अस्पतालमा जीवनजल अभाव


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ ।

झाडावान्ता भएपछि छोरालाई अस्पताल लगेकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए ।

‘समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन’, उनले भने, ‘स्वस्थ्य बिमाले सबै औषधि दिनु भन्छ, तर खरिद ऐन बाधक बन्छ त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौँ ।’

फार्मेसीमा जीवनजल मात्रै होइन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिको समेत अभाव भएको छ । खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने सुवेदी बताउँछन् । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जीवनजललगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने बताए ।

बागलुङ नगरका अन्य स्वास्थ्य संस्थामा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ४० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल