सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारको ढिलाइ, ठेक्का तोड्ने घिसिङको चेतावनी « Khabarhub

सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारको ढिलाइ, ठेक्का तोड्ने घिसिङको चेतावनी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा निर्माणाधिन २२० केभी विद्युत सबस्टेशन निर्माणमा चिनियाँ ठेकेदारले ढिलासुस्ती गरेपछि नेपाल विद्युत प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएको छ ।

बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेशन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई तत्काल कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।

निर्माणस्थलको अवलोकनपछि घिसिङले चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेशन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको बताएका हुन् ।

उनले कार्यसम्पादन सुधार गर्न चार महिनाको अल्टिमेटम पनि  दिएका छन् ।

खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँमा ल्याउन तामाकोसी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण थालिए पनि काममा प्रगती भएको छैन ।

प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यु खिम्ती, बाह्रबिसे र काठमाडौँको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ ।

सबस्टेशनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर रहनेछन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ४२ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न