पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा « Khabarhub

पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीका विभिन्न स्थानमा लाखौं खर्च गरेर प्रतिस्पर्धामा लक्ष्मी पूजा गरिँदै छ । सार्वजनिक स्थानहरूमा वर्षौंदेखि लक्ष्मी पूजाभन्दा सजाबट महँगो हुँदै आएको स्थानीयको गुनासो छ ।

कसरी राम्रो सजावट, आकर्षक र नमुना बनाउन सकिन्छ ? बढीभन्दा बढी भक्तजनको घुइँचो लाग्छ भन्ने उद्देश्यले महँगो सजाबट गर्ने प्रवृत्ति सप्तरीमा हरेक वर्ष बढ्दै गएको राजविराज–७ कि ४४ वर्षीया ममता साहले बताइन् । ‘राजविराज नगरपालिकामा मात्र तीन दर्जन सार्वजनिक स्थानमा लक्ष्मीपुजा गर्ने गरिएको छ’, उनले भनिन् ।

२५ वर्षदेखि राजविराजमा सार्वजनिक स्थानमा संयुक्त रूपमा लक्ष्मी पूजा गर्दै आएको राजविराज नगरपालिका–६ लिलजा टोलका ५० वर्षीय नरेशकुमार चौधरीले बताए ।

‘टेन्टको चलन भएदेखि २५ वर्षदेखि यस नगरपालिकामा सार्वजनिक ठाउँमा स्थानीय मिलेर पुजा गर्ने चलन भएको हो’। उनले भने ।

सप्तरीसहित तराई मधेशमा नवरात्र, लक्ष्मीपूजा, सरस्वती पूजा सामूहिक रूपमा मनाउने गरिएको छ । सार्वजनिक स्थानमा आकर्षक मूर्तिहरू बनाएर सामूहिक रूपमा पूजा गरिने चलन छ ।

सामूहिक रूपमा पूजा गरेर सकारात्मक सन्देश दिँदै आए पनि पूजामा तड्कभड्क देखाएर विकृति निम्त्याउन भने नहुने चौधरी बताउँछन् ।

‘पूजामा सजावट महँगोकै लागि आयोजक टिमले मनपरी चन्दा माग्ने प्रवृत्ति बढेको छ । पूजा राम्रो गरे भइहाल्यो नि सजावटमा अनावश्यक खर्च गरेर चन्दा असुली गर्नु गलत हो’, उनले भने ।

सजाबट मात्र कम्तीमा पाँच लाखसम्म खर्च हुने गरेको अस्पताल नजिकै भइरहेको पूजा आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ०६ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो