पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा लिएर नेपाल, चीन र भारतका तीन महिला सगरमाथामा « Khabarhub

पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा लिएर नेपाल, चीन र भारतका तीन महिला सगरमाथामा


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भारत र चीनका तीन महिला आरोहीले सफल सगरमाथा आरोहण गरेका छन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल सरकारद्वारा आयोजित नेपाल पर्यटन भ्रमण वर्ष २०२० को प्रवद्र्धनार्थ नेपाल, भारत र चीनका ३ महिला आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

दासले शुक्रबार मध्यान १२:३० बजे र अन्य दुईले हिजो विहान सगरमाथा आरोहण गरेका थिए । विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका चीनका मा लियामु, नेपालका कान्छी माया तामाङ्ग र भारतका कल्पना दासले प्रधानमन्त्री के.पी. ओली शर्माले हस्ताक्षर गरेको नेपाल पर्यटन भ्रमण वर्ष २०२० अङ्कित झण्डा सगरमाथाको शिखरबाट फहराएका हुन् ।

“नेपालको पर्यटन क्षेत्रमा मात्र नभई समग्र मुलुकको विकासमा छिमेकी राष्ट्रहरु भारत र चीनको सकारात्मक सहयोग, मित्रता र सहकार्यलाई उजागर गरी भारत तथा चीनका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरणा मिलोस् भनेर यो आरोहण गरेका हौं ।” आरोहण दलका सरदार रेकर्ड होल्डर आरोही पेम्बा दोर्जे शेर्पा बताउँछन् ।

सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि.को व्यवस्थापनमा सम्पन्न यस आरोहणका आरोहीहरुले यस अघि पनि सगरमाथा लगायत अन्य हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  २ : १५ बजे

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा

आईसीयूमा उपचाररतसँग अन्तर्वार्ताबारे काउन्सिलले भन्यो, ‘जानकारीमा आयो, अनुगमन गर्दैछौँ

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर