तिहारलाई डेढ अर्बको भाइमसला आयात | Khabarhub Khabarhub

तिहारलाई डेढ अर्बको भाइमसला आयात


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदै उपहार दिने गर्छन् । यस्तो उपहारलाई ‘भाइमसला’ भनिन्छ ।

भाइमसलामा ओखर, बदाम, काजु, किसमिस लगायत हुन्छन् । तर, भाइमसलाका रुपमा प्रयोग हुने सबै सामान विदेशबाटै आयात हुन्छन् ।

नेपालमा उत्पादन हुने कुनै पनि वस्तुले नेपालीको तिहार धान्दैन । जसकारण हरेक वर्ष तिहारका लागि करोडौँ रुपैयाँ बराबरका सामान बाहिरी मुलुकबाट आयत गर्नुपर्ने अवस्था छ ।

भड्किलो बन्दै गएको चाडपर्वका लागि धेरै वस्तुको आयात हुँदा देशको अर्थतन्त्रमा भने यसले नकारात्मक असर पार्छ । गत वर्षको तुलानामा यस वर्ष भाइमसलाको आयात २१ प्रतिशतले बढेको छ ।

डेढ अर्बको भाइमसला
तिहारमा अतिआवश्यक सामानका रुपमा मानिन्छ भाइमसलालाई । दिदीबहिनीले दाजुभाइलाई खुवाउन भाइमसला चाहिने हुँदा जति नै महँगो भएपनि यसको खपत हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष भाइमसलाको आयात २१ प्रतिशतले बढेको छ ।

भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष १ अर्ब २० करोड ९६ लाख रुपैयाँको भाइसमसला आयात भएको थियो ।

यो वर्ष तिहारका लागि नरिवल, काजु, पिस्ता, किसमिस, छोकडा, बदाम, ओखर लगायतका सामान १ अर्ब ४६ करोड ५७ लाख रुपैयाँको भाइमसला आयात भएको छ ।

पछिल्ला वर्षमा भाइमसलाको आयत झनै बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार तिहारलाई चाहिने सामानहरु आर्थिक वर्षको सुरुवातका ३ महिनामा आयात हुने गरेका छन् ।

तिहारलाई मात्र आयात भएका भाइमसलाको तथ्याङ्क यस्तो छः
काजु
गत वर्षको तिहारमा ३६ करोड ७६ लाख मुल्य बराबरको काजु आयत भएको थियो । भारत र भियतनामबाट काजुको आयात हुने गर्छ ।

तिहारमा धेरै मात्रामा खपत हुने काजुको आयत यो वर्ष झनै बढेको छ । तथ्याङ्कअनुसार यो वर्ष ३९ करोड ७१ लाख रुपैयाँको आयत भएको छ ।

बदाम
गत वर्षको तुलानामा यस वर्ष बदामको आयात ३१ प्रतिशतले बढेको छ ।

गत वर्ष तिहारका लागि बदाम २९ करोड ४१ लाख रुपैयाँको आयत भएको थियो भने यसपालीको तिहारका लागि ३८ करोड ५७ लाख रुपैयाँको बदाम र अलमण्ड आयत भएको छ ।

बदामको आयत अमेरिका र भारतबाट हुने गरेको विभागले जनाएको छ ।

ओखर
ओखरको तिहारमा विशेष महत्व छ । हरेक वर्ष चीनबाट ओखरको आयत हुनेगर्छ ।

ओखरको आयात गत वर्षको तिहारमा १६ करोड ७८ लाख रुपैयाँको भएको थियो ।

यसवर्ष तिहारका लागि १९ करोड ७५ लाख रुपैयाँको ओखर आयत भएको छ । गत वर्षको तुलनामा भने १७ प्रतिशतले आयात बढेको हो ।

पेस्ता
पेस्ता गत वर्षको तिहारका लागि भारतबाट ६८ हजार ४ सय ५९ रुपैयाँको आयत भएको थियो ।

यो वर्षका लागि ७१ लाख ८४ हजार नौ सय रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।

छोकडा
गत वर्षको तिहारमा ३ करोड ३१ लाख १३ हजार रुपैयाँको छोकडा आयात भएको थियो ।

यस वर्ष तिहारका लागि पाकिस्तानबाट ३ करोड ७० लाख २९ हजार रुपैयाँको छोकडा आयात भएको छ ।

किसमिस
गत वर्षको तुलनामा किसमिसको आयात झनै वृद्धि भएको छ ।

गत वर्ष तिहारका लागि मात्र ८ करोड १० लाख ८३ हजार रुपैयाँको किसमिस आयात भएको थियो ।

यो तिहारलाई भारतबाट ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको किसमिस आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष ४१ प्रतिशतले काजुको आयात बढेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १ : ३७ बजे

ओलीलाई ‘महाराजधिराज’ भन्ने यी महिनमान !

काठमाडौं– सर्वोच्च अदालतका बहालवाला शाखा अधिकृत महिनमान बिष्ट पक्राउ परेका

प्रधानमन्त्रीले भने- भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र कहिल्यै फर्किन्न

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही

महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ

काठमाडौं– सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्

वीरेन्द्रनगरमा नगर प्रहरी, सडक छेउछाउका ठेला व्यवसाय व्यवस्थित गरिने

सुर्खेत– कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले आफ्नै प्रहरी खटाएको छ

रेशमलाई छाड्न सर्वोच्चको पत्र, पत्र लेख्ने कर्मचारी हिरासतमा 

काठमाडौं– सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न कारागार व्यवस्थापन विभागलाई पत्र