लाली स्वास्थ्यचौकीमा औषधि अभाव « Khabarhub

लाली स्वास्थ्यचौकीमा औषधि अभाव


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिका १ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा बिरामीलाई समस्या परेको छ । औषधि नहुँदा यहाँका सेवाग्राहीले रित्तो हातमा घर फर्कनु परिरहेको छ । एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएपछि वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी मर्कामा परेका हुन् ।

सिजनल ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र बृद्धबृद्धा बिरामी परेकोमा औषधि अभावले समस्या भइरहेको स्थानीय विर्जन शाहीले बताए । शाहीले भने, ‘गाउँबाट बिरामी परेका नागरिकका लागि स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भन्दै फिर्ता पठाउने गरेको छन् ।’

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी आउने गरे पनि औषधि अभावमा रित्तो हात फर्किनु परेको स्वास्थ्यचौकीले जनाएको छ। स्वास्थ्यकर्मीले सिजनल फ्लुका कारण बिरामी बढेको बताएका छन् ।

 

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ९ : ४० बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका