एलजीबीटी समूहका सदस्यलाई जुनसुकै बेला हत्या गर्ने तालिवानको चेतावनी « Khabarhub

एलजीबीटी समूहका सदस्यलाई जुनसुकै बेला हत्या गर्ने तालिवानको चेतावनी


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा तालिवानले लेस्बियन, गे, बोइसेक्सुअल तथा ट्रान्सजेन्डर (एलजीबीटी) समूहका व्यक्तिहरुको सूची तयार गर्दै उनीहरुलाई कुनै पनि बेला हत्या गर्ने चेतावनी दिएको छ ।

एलजीबीटीको हक अधिकारका लागि काम गर्दै आएको एक गैरसरकारी संस्थाले तालिवानले एलजीबीटीमा आबद्ध व्यक्तिको हत्या सूची तयार पारेको दाबी गरेको हो ।

अफगानिस्तानबाट अगस्टको अन्त्यमा अमेरिकी सेना फर्किएपछि तालिवानले समलिंगीहरुलाई खोजेर उनीहरुको हत्या सूची तयार पारेको क्यानडाको गैरसरकारी संस्था रेनबो रेलरोडका किमाली पोवेलले बताए ।

हिंसा र धम्कीपछि देश छोडेका व्यक्तिहरुको उद्दारका लागि खोलिएको सो संस्था अहिले अफगानिस्तानमा केन्द्रित छ । अहिले अफगानिस्तानबाट कम्तिमा २०० जनाको तत्काल उद्दार गर्नुपर्ने संस्थाले जनाएको छ । गत साता मात्रा संस्थाले २९ जनाको रिहाई गरेको थियो ।

तालिवानले एलजीबीटी समुदायका व्यक्तिको घरमा छापा मारेर उनीहरुलाई भौतिक कारबाही गरेको समाचारमा जनाइएको छ । तालिवानले उनीहरुको मोवाईल कब्जा गरेर एलजीबीटी समुदायका गोप्य सूचना लिएको छ । तालिवानले केही दिनअघि एलजीबीटीमा आबद्ध एक व्यक्तिको राहदानी जलाइदिएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ९ : ०५ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर