एलजीबीटी समूहका सदस्यलाई जुनसुकै बेला हत्या गर्ने तालिवानको चेतावनी « Khabarhub

एलजीबीटी समूहका सदस्यलाई जुनसुकै बेला हत्या गर्ने तालिवानको चेतावनी


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा तालिवानले लेस्बियन, गे, बोइसेक्सुअल तथा ट्रान्सजेन्डर (एलजीबीटी) समूहका व्यक्तिहरुको सूची तयार गर्दै उनीहरुलाई कुनै पनि बेला हत्या गर्ने चेतावनी दिएको छ ।

एलजीबीटीको हक अधिकारका लागि काम गर्दै आएको एक गैरसरकारी संस्थाले तालिवानले एलजीबीटीमा आबद्ध व्यक्तिको हत्या सूची तयार पारेको दाबी गरेको हो ।

अफगानिस्तानबाट अगस्टको अन्त्यमा अमेरिकी सेना फर्किएपछि तालिवानले समलिंगीहरुलाई खोजेर उनीहरुको हत्या सूची तयार पारेको क्यानडाको गैरसरकारी संस्था रेनबो रेलरोडका किमाली पोवेलले बताए ।

हिंसा र धम्कीपछि देश छोडेका व्यक्तिहरुको उद्दारका लागि खोलिएको सो संस्था अहिले अफगानिस्तानमा केन्द्रित छ । अहिले अफगानिस्तानबाट कम्तिमा २०० जनाको तत्काल उद्दार गर्नुपर्ने संस्थाले जनाएको छ । गत साता मात्रा संस्थाले २९ जनाको रिहाई गरेको थियो ।

तालिवानले एलजीबीटी समुदायका व्यक्तिको घरमा छापा मारेर उनीहरुलाई भौतिक कारबाही गरेको समाचारमा जनाइएको छ । तालिवानले उनीहरुको मोवाईल कब्जा गरेर एलजीबीटी समुदायका गोप्य सूचना लिएको छ । तालिवानले केही दिनअघि एलजीबीटीमा आबद्ध एक व्यक्तिको राहदानी जलाइदिएका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ९ : ०५ बजे

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र

भोटखोलाका एक हजार बढी नागरिकले सीमापास लिए

किमाथाङ्का– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट

कृषिउपज संकलन केन्द्र सञ्चालनमा

दमौली– निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा कृषिउपज

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि