ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देउखोलाबाट सदरमुकाम रुकुमकोटतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्याक्टर भुमे गाउँपालिका ५ को बालुवा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटनामा सिस्ने गाउँपालिका वडा नम्बर ४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार ट्याक्टर सडकबाट एक सय मिटर तल सानीभेरी नदीमा खसेको छ । दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का १६ वर्षीय कृष्ण रसाइली र त्रिवेणी गाउँपालिका ५ रुकुम पश्चिमका १७ वर्षीय लक्ष्मण वली घाइते भएका छन् ।

घाइतेहरुलाई स्वास्थ्यचौकी रुकुमकोटमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम रिफर गरिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । ट्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ७ : ०१ बजे

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट