सुरक्षाकर्मीको रोहवरमा लक्ष्मीको मूर्ति विसर्जन « Khabarhub

सुरक्षाकर्मीको रोहवरमा लक्ष्मीको मूर्ति विसर्जन


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको मर्चवारमा स्थानीय सरकार र सुरक्षाकर्मीकै रेखदेखमा लक्ष्मी पूजाको मूर्ति विसर्जन भएको छ ।

मूर्ति विसर्जनको क्रममा पानीमा डुबी तीन जनाको ज्यान गएपछि यस पटक सावधानी अपनाई लक्ष्मी पूजाको मूर्ति विसर्जन गरिएको हो ।

तराईमा लक्ष्मी पूजाको अवसरमा अस्थायी मूर्ति नै स्थापना गरी पूजा गर्ने गरिन्छ । शनिबार तिहार सकिएसँगै ती अस्थायी मूर्ति आइतबारसम्म विसर्जन भएका छन् ।

रुपन्देहीको मर्चवारस्थित कोटहीमाई गाउँपालिका–५ दानव र तिनाउ नदीको संगमस्थल दुईमोहानमा जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष रोहबरमा सावधानी अपनाएर मूर्ति विसर्जन भएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले जानकारी दिए ।

घाटमा शनिबार र आइतबार गरी ५५ भन्दाबढी मूर्ति विसर्जन गरिएका छन् । अहिले गाउँपालिका र इलाका प्रहरी कार्यालय मझगावाँको सहयोगमा नदी किनारमा निश्चित दूरी तोकेर मूर्ति विसर्जन गरिएको अध्यक्ष यादवले बताए ।

मूर्ति विसर्जनको क्रममा तीन वर्षमा तीन जनाको ज्यान गएपछि इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा १८ जनाको टोली र सशस्त्र प्रहरी बल मझगाँवाका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको नेतृत्वमा १० जनाको टोलीसहित स्थानीय सरकारका प्रतिनिधिहरूको निगरानीमा नदी बाहिरैबाट मूर्ति विसर्जन गरिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ८ : १५ बजे

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख