महिला उपमेयर कपको दोस्रो चरण आजदेखि « Khabarhub

महिला उपमेयर कपको दोस्रो चरण आजदेखि


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको दोस्रो चरणका खेल आज सोमबारबाट सुरु हुँदैछ । प्रतियोगितामा आज दुई खेल हुनेछन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने नकआउट चरणको पहिलो खेलमा समूह ‘ए’ को विजेता झापाको कनकाइ नगरपालिका र समूह ‘जे’ को विजेता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाबीच हुनेछ । खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

यस खेलको विजेताले बुधबार समूह ‘जी’ को विजेता कैलालीको गोदावरी नगरपालिकासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

अर्को खेल समूह ‘एफ’ को विजेता दाङकाे तुलसीपुर नगरपालिका र इलामको राेङ गाउँपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

यस खेलको विजेताले सेमिफाइनल पुग्नका लागि समूह ‘आइ’ को विजेता कैलालीको गौरीगंगा नगरपालिकासँग खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा कात्तिक ४ गतेबाट सुरु भएको प्रतियोगितामा सहभागी ३१ टोलीलाई दश समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहबाट एक टोलि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए । उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ३६ बजे

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि