हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव « Khabarhub

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकी पक्षसमक्ष प्रस्ताव पठाइएको जानकारी दिएका हुन् ।

अराघचीका अनुसार केही सर्त पूरा भए सातौँ दिनको अन्त्यसम्म हर्मुज जलघाँटी खुला गरिनेछ र त्यसपछि इरानको आणविक कार्यक्रमबारे विस्तृत वार्ता पुनः सुरु हुनेछ । उनले प्रस्ताव यसै वर्षको जुनमा अमेरिका र इरानबीच भएको समझदारीको ढाँचासँग मिल्दोजुल्दो रहेको बताउँदै अमेरिकी मध्यावधि निर्वाचनअघि नै सम्झौता हुनु उपयुक्त हुने धारणा व्यक्त गरे।

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलसँगको भेटमा अराघचीले कूटनीतिक प्रक्रिया अघि बढाउन इरानले अमेरिकी पक्षसमक्ष आफ्ना सर्त र आवश्यकता स्पष्ट गरिसकेको बताए। क्षेत्रीय सुरक्षा पुनःस्थापित गर्न अमेरिकी सैन्य हस्तक्षेप अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

इरान आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमका विषयमा कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको बताउँदै अराघचीले वार्ताका क्रममा इरानले देखाएको सद्भाव र अमेरिका तथा इजरायलबाट भएका सैन्य आक्रमणलाई बेवास्ता गर्न नसकिने बताए। उनले हर्मुज जलघाँटीमा उत्पन्न असुरक्षाका लागि इरानलाई मात्र जिम्मेवार देखाउने प्रयासको समेत आलोचना गरे।

अमेरिका र केही युरोपेली मुलुकले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन तथा एकपक्षीय दबाबलाई बेवास्ता गरेको आरोप लगाउँदै अराघचीले संयुक्त राष्ट्रसङ्घप्रति विश्वास पुनःस्थापित गर्न सबै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनका सिद्धान्त पालना गर्नुपर्ने बताए।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा जुनमा अमेरिका र इरानबीच भएको समझदारी कार्यान्वयन हुन नसक्नुमा अमेरिकी पक्ष जिम्मेवार रहेको आरोप लगाएका छन्। उनले इरानले हर्मुज जलघाँटी बन्द नगरेको दाबी गर्दै संवादमार्फत समाधान खोज्न आफूहरू अझै तयार रहेको बताए।

यसअघि इरानले अमेरिकी सैन्य दबाब घटाइए तथा इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाइए सात दिनभित्र हर्मुज जलघाँटी पुनः खोल्न सकिने जनाएको थियो । इरानी अधिकारीहरूले सेप्टेम्बर १६ मा मध्यस्थकर्तामार्फत प्रस्ताव पठाइएको बताएका छन् ।

विश्वको महत्वपूर्ण ऊर्जा तथा सामुद्रिक व्यापार मार्गका रूपमा रहेको हर्मुज जलघाँटीमा देखिएको अवरोधले क्षेत्रीय द्वन्द्वसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पार्ने गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १२ : ३१ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ की ३३ वर्षीया एक महिलाको जटिल

राजमार्ग बन्दले काठमाडौंमै रोकिए मालवाहक ट्रक (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग

बीसौँ एसियाली खेलकुद : नेपालसामु १०३ रनको लक्ष्य

काठमाडौं– जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले

बालेनको राष्ट्रसंघ सम्बोधनप्रति जेन-जी नेताहरूको सकारात्मक प्रतिक्रिया : ‘अब कुरा होइन, परिणाम चाहिन्छ’

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेन-जी

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

राँझा– कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत