यी हुन् पहिलो डेटमा जादाँ गर्नै नहुने ५ गल्ती « Khabarhub

यी हुन् पहिलो डेटमा जादाँ गर्नै नहुने ५ गल्ती


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आजकल प्रेममा नपर्ने कमै होलान् । अधिकाशं युवा माया प्रेममा परेका हुन्छन् । यस्तोमा आफ्नो प्रेमी वा प्रेमिकासँग डेटमा जानु नौलो रहेन ।

प्रेमी वा प्रेमीका आफ्नो माया पाउन मरिहत्ते गर्दछन् । आफ्नो पार्टनरलाई कसरी आर्कषित गर्ने भन्ने उनीहरूको ध्याउन्न हुन्छ । तर जान अन्जानमा भएका कतिपय व्यवहारले पार्टनरसँग मनमुटाव हुन सक्छ । स–साना कुरामा पनि रिझाउन सकिएन भने प्रेममा दुरी बढ्दछ । तसर्थ आफ्नो प्रेम टिकाइ राख्न केही कुरामा सजग हुन आवश्यक छ ।

प्रेमी वा प्रेमीकालाई आर्कषित गर्न सबैको चासो हुन्छ । तर आकर्षित गर्ने नाममा अपनाइएका केही उपाय कहिलेकाहिं फेल खान्छ । र पार्टनर तर्किने गर्दछन् । यदि कुरा पहिलो डेटको हो भने यसमा त झन् बढि सजग हुनु पर्दछ । पहिलो डेटमा जादाँ भुलेर पनि निम्न काम नगर्नुहोस् ।

क) ढिला पुग्ने
कुर्नु कसैलाई पनि मन पर्दैन । त्यसैले डेटमा जादाँ आफ्नो अभिमान देखाउन ढिला नपुग्नुहोस् । तर यसको मतलव समय भन्दा १ घण्टा अगावै पुग्नु पर्दछ भन्ने चाँहि होइन ।

ख) छोटो पहिरन लागाउने
कतिपय युवतीहरू आर्कषक देखिने नाममा वा प्रेमीलाई आर्कषित पार्न छोटो पहिरन लगाउने गर्दछन् । छोटो पहिरनले आर्कषक देखाउँछ भन्ने हुदैँन । त्यसैले आफू सुहाउँदो ठिक्क कपडा लगाएर जानु उपयुक्त हुन्छ ।

ग) धेरै मेकअप गर्ने
डेटमा जादाँ महिला वा पुरुष दुवैले धेरै मेकअप गर्नु हुदैँन । मेकअप केही घण्टामा बिस्तारै हराउँदै जान्छ । यस्तोमा धेरै मेकअप गरीएको छ भने झन् असुहाउँदिलो देखिन्छ । पुरुषले अनुहारको मेकअप नगर्दा पनि हुन्छ । महिलाले सामान्य मेकअप गर्दा नै उपयुक्त हुन्छ ।

घ) बनावटी वा बढि कुरा गर्ने
डेटमा जादाँ कतिपय स्वभावका कारण धेरै कुरा गर्दछन् । आफ्नो स्वभावका कारण डेटमा पनि उनीहरू बनावटी वा चाहिने भन्दा बढि कुरा गर्न पुग्छन् । तर यो राम्रो होइन ।

ङ) भोकै नबस्ने
डेटमा सकेसम्म भोकै नजानुहोस् । लामो समय खाली पेट बस्दा स्वास्थ्य बिग्रन सक्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ४९ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त