सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले मस्कलाई भने– टेस्लाको १० प्रतिशत सेयर बेच्नु उत्तम « Khabarhub

सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले मस्कलाई भने– टेस्लाको १० प्रतिशत सेयर बेच्नु उत्तम


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकै धनाढ्य तथा टेल्सा कम्पनीका मालिक एलन मस्कलाई कम्पनीको १० प्रतिशत सेयर बिक्री गर्न मतदाताले अनुरोध गरेका छन् । ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरुले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका हुन् । यो सँगै मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए ।

सर्वेक्षणअघि मस्कले मत परिणाम स्वीकार्ने बताएका थिए । तर, परिणामपछि उनले कुनै टिप्पणी गरेका छैनन् अर्थात उनले कसरी र कहिले सेयर बिक्री गर्छन भन्ने बारेमा केही खुलाएका छैनन् ।

उनले सेयर बिक्री गरेमा उनले ठूलो परिणाममा कर तिर्नुपर्छ ।

शनिबार एउटा ट्विटमा मस्कले टेस्लाबाट आफूले कुनै तलब वा बोनस नपाएको भन्दै आय कर तिर्न आफ्नो कमाई नभएको बताएका थिए । तर, उनले ‘क्षतिपूर्ति प्याकेज’बाट अर्बौं डलर कमाउँछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : २४ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र