सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले मस्कलाई भने– टेस्लाको १० प्रतिशत सेयर बेच्नु उत्तम | Khabarhub Khabarhub

सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले मस्कलाई भने– टेस्लाको १० प्रतिशत सेयर बेच्नु उत्तम


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकै धनाढ्य तथा टेल्सा कम्पनीका मालिक एलन मस्कलाई कम्पनीको १० प्रतिशत सेयर बिक्री गर्न मतदाताले अनुरोध गरेका छन् । ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरुले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका हुन् । यो सँगै मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए ।

सर्वेक्षणअघि मस्कले मत परिणाम स्वीकार्ने बताएका थिए । तर, परिणामपछि उनले कुनै टिप्पणी गरेका छैनन् अर्थात उनले कसरी र कहिले सेयर बिक्री गर्छन भन्ने बारेमा केही खुलाएका छैनन् ।

उनले सेयर बिक्री गरेमा उनले ठूलो परिणाममा कर तिर्नुपर्छ ।

शनिबार एउटा ट्विटमा मस्कले टेस्लाबाट आफूले कुनै तलब वा बोनस नपाएको भन्दै आय कर तिर्न आफ्नो कमाई नभएको बताएका थिए । तर, उनले ‘क्षतिपूर्ति प्याकेज’बाट अर्बौं डलर कमाउँछन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : २४ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको