एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएन : गृहमन्त्री खाँण (भिडियोसहित) | Khabarhub Khabarhub

एमालेको अवरोधले नागरिकता विधेयक ल्याउन सकिएन : गृहमन्त्री खाँण (भिडियोसहित)


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताएका छन् ।

सोमबार जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँणले आफूहरु सरकारमा आइसकेपछि एमालेले सदन नै चल्न नदिएका कारण नै विधेयक ल्याउन नसकेको बताए ।

उनले सदन चल्न दिन एमालेसँग आग्रह पनि गरे । त्यस्तै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने सबैको चाहना रहेको र अब न्यायपालिकाको विवाद छिटो अन्त्य गर्ने पहल भइरहेको बताए ।

मन्त्री खाणँले नागरिकको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको भन्दैसरकारको पहिलो दायित्व नै नागरिकको सुरक्षा रहेको उल्लेख गरे ।

बिमानस्थलमा कांग्रेस नेताहरु रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंहलगायतले मन्त्री खाँणलाई स्वागत गरेका थिए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ४ : ०५ बजे

डोटीका किसान काउली खेतीतर्फ आकर्षित

दिपायल – काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका

कोदो उत्पादक किसानलाई गाउँपालिको अनुदान 

पर्वत– रैथाने वालीको रुपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरूको आकर्षण बढाउनका

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल