मौसममा छैन उल्लेख्य बदली, देशभरको तापक्रम भने घट्दै « Khabarhub

मौसममा छैन उल्लेख्य बदली, देशभरको तापक्रम भने घट्दै


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।

आकाश पूर्णरूपमा खुल्दा मुलुकभरको तापक्रम घट्दै गएको छ । तापक्रम घट्दो क्रममा रहँदा जाडो बढेको महशुस हुन थालेको छ ।

महाशाखाका अनुसार सोमबार सबैभन्दा कम तापक्रम जुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव शून्य (अर्थात् –१.०) डिग्री सेल्सियस पुगेको छ। यसपछि दोलखाको जिरीमा सोमबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस पुगेको छ। काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम पनि सरदर ९ प्रतिशतमा झरेको छ । सोमबार काठमाडौँ उपत्यकाको तापक्रम ९.२ प्रतिशत मापन गरिएको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ३० बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित