मौसममा छैन उल्लेख्य बदली, देशभरको तापक्रम भने घट्दै « Khabarhub

मौसममा छैन उल्लेख्य बदली, देशभरको तापक्रम भने घट्दै


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।

आकाश पूर्णरूपमा खुल्दा मुलुकभरको तापक्रम घट्दै गएको छ । तापक्रम घट्दो क्रममा रहँदा जाडो बढेको महशुस हुन थालेको छ ।

महाशाखाका अनुसार सोमबार सबैभन्दा कम तापक्रम जुम्लामा न्यूनतम तापक्रम माइनस १ दशमलव शून्य (अर्थात् –१.०) डिग्री सेल्सियस पुगेको छ। यसपछि दोलखाको जिरीमा सोमबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस पुगेको छ। काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम पनि सरदर ९ प्रतिशतमा झरेको छ । सोमबार काठमाडौँ उपत्यकाको तापक्रम ९.२ प्रतिशत मापन गरिएको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ३० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा