लोमान्थाङ हिरो एक्स प्लस मोटरसाइकल यात्रा « Khabarhub

लोमान्थाङ हिरो एक्स प्लस मोटरसाइकल यात्रा


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल जनरल मार्केटिङको आयोजनामा काठमाडौँ–लोमान्थाङ मोटरसाइकल यात्रा सुरु भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले यात्रा सुरु गरिए जनाइएको छ । नेपाल जनरल मार्केटिङ नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता हो ।

हिरो एक्सप्लस २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई लोमान्थाङ भ्रमण गराउन यात्रा थालिएको नेपाल जनरल मार्केटिङले जनाएको छ ।

सोमबार बिहान प्रदर्शनी मार्गस्थित नेपाल पर्यटन बोर्टबाट यात्रा सुरु भएको हो । यात्रामा सहभागी ३० जनाभन्दा बढीले काठमाडौँ–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङसम्मको करिब ९०० किलोमिटर यात्रा गर्ने छन् ।

नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले सोमबार बिहान भृकुटीमण्डपमा फ्ल्याग अफ गरेर यात्राको औपचारिक सुरुवात गरेका हुन् । उनले यात्रामा सहभागी सबै मोटरसाइकल चालकहरुलाई अनुशासित भएर सतकर्ता अपनाउँदै भ्रमण पूरा गर्न आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधिले युवाहरुको यस्तो यात्राले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  २ : २५ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा