आमाको दोस्रो विवाह गराएर बालकले भने, 'मेरी मम्मीलाई चुम्बन गर्नुहोस्' | Khabarhub Khabarhub

आमाको दोस्रो विवाह गराएर बालकले भने, ‘मेरी मम्मीलाई चुम्बन गर्नुहोस्’


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समय अनुसार बदलिनु पर्दछ भन्ने कथन सुन्नु भएको होला । यसैका कैयौँ उदाहरण अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा समेत देख्न सकिन्छ । इन्स्टाग्राममा भाइरल एक विवाहको
तस्बिर तथा भिडियोले यही कथनलाई चरितार्थ गरेको छ ।

समाजमा दोस्रो विवाहलाई प्रोत्साहित गरेको पाइँदैन । जसका कारण डिर्भाेस भएका वा पार्टनरको मृत्यु भएका व्यक्तिले अर्काे विवाह गर्ने सोच बनाउँदैनन् । तर एक बालकले भने आफ्नो एकल महिलाको रुपमा रहदै आएकी आफ्नी आमाको विवाह गराएका छन् ।

ती बालकले आफ्नी आमाको दोस्रो विवाह गराएर आमासहित आफूले अभिभावक पाएको र यसले दुबैमा खुसी दिने बताएका छन् । भिडियोमा, चर्चका फादर जस्तै ती बालकले माइकमा विवाह सम्पन्न भएको खबर सुनाए र क्रिश्चियन समुदायमा विवाह पछि हुने बेहुला बेहुलीबिचको चुम्बनको रीतिरिवाज समेत गर्न लाउँदै आमाको दोस्रो विवाह गराए ।

यो विवाह कहाँको हो, र विवाह गर्नेहरू को हुन् भन्ने खुलेको छैन । तथापि भिडियोलाई धेरैले मन पराएका छन् । साथै धेरैले बालकको सह्राना गर्दै भिडियोलाई सकारात्मक मानेको प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् भिडियोसहित

 

 

View this post on Instagram

 

A post shared by UnShaadi (@unshaadi)

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ६ : १५ बजे

नेपालमा पूर्वाधार बनाउन एडीबीले थप एक खर्ब पाँच अर्ब रुपैयाँ सहयोग दिने

काठमाडौं – एसियाली विकास बैंक (एडीबी)ले नेपालमा विभिन्न पूर्वाधार परियोजना

मुग्लिन–पोखरा सडकखण्डमा २० किमी कालोपत्र सकियो

दमौली– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डको २० किलोमिटर सडकमा

एसिया कप क्रिकेट : बंगलादेशसँग नेपाल नौ विकेटले पराजित

काठमाडौं– एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम

तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण

दमौली– तनहुँका आठ स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको

जब मन्त्रीकै अगाडि कुलमान घिसिङ कड्किए…

काठमाडौं– नेपाल विद्युत प्रधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ शुक्रबार काठमाडौंमा