आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस « Khabarhub

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज बुधबार १० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ ।

शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो ।

सन् २००१ मा युनेस्कोले आह्वान गरेको यस दिवस पहिलो पटक सन् २००२ मा विश्वभर मनाइएको थियो । त्यसयता निरन्तर रूपमा मनाइँदै आइएको यो दिवस विश्वव्यापी रुपमा मानवजाती र यसको अस्तित्वसँग सम्बन्धित विषयलाई विज्ञानसँग जोडेर शान्ति स्थापना र दिगो विकासमा केन्द्रित छ ।

मानव जाती अहिले प्रविधि विकासको उच्च विन्दुमा रहे पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा वा हेल्चेक्रयाइँ गर्दा हाम्रै अस्तित्व संकटमा परेको छ । साथै प्रविधि विकासमा अब्बल सावित भएका राष्ट्रहरू पनि वातावरणीय र पर्यावरणीय संरक्षणमा उदासीन हुँदा मानव जातीसँगै पृथ्वीकै अस्तित्व संकटमा परेको कुरा पछिल्लो समय वातावरणमा देखिएको अप्रत्यासित परिवर्तनले पुष्टि गरेको छ ।

पृथ्वीमा रहेका हरेक प्राणीको लागि जलवायुमा भइरहेको परिवर्तन गम्भीर खतराको रूपमा देखापरेको छ । हामीले सामना गरिरहेको केही विश्वव्यापी चुनौतीलाई विज्ञान, प्रविधिद्वारा सम्भव हुनसक्ने सम्भावित समाधानहरूलाई हामीसामु ल्याउने प्रयत्न यस दिवसले गरेको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ५५ बजे

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्