अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने « Khabarhub

अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने भएको छ। यी दुई टोलीबीचको खेल २२ डिसेम्बरबाट सुरु हुनेछ ।

अमेरिकाले टेष्ट क्रिकेट खेल्ने देशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो । दुई टोलीबीच दुई खेलको टी-२० र तीन खेलको वानडे सिरिज हुने अमेरिकाको क्रिकेट बोर्डले जनाएको छ। अमेरिकाले मंगलबार खेल तालिका तालिका सार्वजनिक गरेको हो ।

यो अमेरिकाका लागि आफ्नो टोलीको प्रदर्शन सुधार्ने ठूलो अवसर हुनेछ । अमेरिका र आयरल्याण्डबीचको टी-२० सिरिज २२ डिसेम्बर २०२१ देखि सुरु हुनेछ ।

सिरिजको दोस्रो र अन्तिम खेल २३ डिसेम्बरमा हुनेछ । यसबाहेक एकदिवसीय खेलको सिरिज २६ डिसेम्बरबाट सुरु हुनेछ । दोस्रो खेल २८ डिसेम्बर र तेस्रो खेल ३० डिसेम्बरमा हुनेछ यी सबै खेल फ्लोरिडामा हुनेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ०५ बजे

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको