प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान (भिडियोसहित) « Khabarhub

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान (भिडियोसहित)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ ।

बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् ।

शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उनको प्रशंसनीय सैन्य कौशल, भारतसँगको साथ लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न उनको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको दर्जा प्रदान गरिएको भारतीय सेनाले जनाएको छ ।

शर्माले नेपाली सेनाको आधुनिकीकरण अभियानलाई जारी राखेकोमा पनि भारतीय सेनाले प्रशंसा गरेको छ ।

राष्ट्रपति भवनमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरु, दिल्लीस्थित नेपाली राजदूतावासका कुटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारी उपस्थित थिए ।

नेपाल र भारतका सेनापतिले एकअर्काको देशमा मानार्थ सेनापतिको दर्जा ग्रहण गर्ने चलन छ । यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : ५६ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग