प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान (भिडियोसहित) « Khabarhub

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान (भिडियोसहित)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ ।

बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् ।

शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उनको प्रशंसनीय सैन्य कौशल, भारतसँगको साथ लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न उनको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको दर्जा प्रदान गरिएको भारतीय सेनाले जनाएको छ ।

शर्माले नेपाली सेनाको आधुनिकीकरण अभियानलाई जारी राखेकोमा पनि भारतीय सेनाले प्रशंसा गरेको छ ।

राष्ट्रपति भवनमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरु, दिल्लीस्थित नेपाली राजदूतावासका कुटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारी उपस्थित थिए ।

नेपाल र भारतका सेनापतिले एकअर्काको देशमा मानार्थ सेनापतिको दर्जा ग्रहण गर्ने चलन छ । यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरिसकेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १२ : ५६ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम