कोरोनाविरुद्धको फाइजर खोप कात्तिक २८ देखि लगाइँदै « Khabarhub

कोरोनाविरुद्धको फाइजर खोप कात्तिक २८ देखि लगाइँदै


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्धको फाइजर खोप यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन लागेको जानकारी दिए।

नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो।

मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्रा दिइने बताएको छ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जान भनिएको छ। खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ।

मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलासिस गराइरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ।

यस्तै, रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएकालाई पनि फाइजर खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : २२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी