माघ १९ मा पल र पुजाको ‘म यस्तो गीत गाउँछु २’ « Khabarhub

माघ १९ मा पल र पुजाको ‘म यस्तो गीत गाउँछु २’


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री पुजा शर्मा र अभिनेता पल शाह स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु’ आगामी माघ १९ मा रिलिज हुने भएको छ । डेढ वर्ष अघि २०७६ साल फागुन ३० मा प्रदर्शनका लागि तयार रहेको फिल्म कोभिड महामारीका कारण रिलिज हुन सकेको थिएन ।

फिल्मका निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी माघ १९ मा रिलिज हुने जानकारी दिएका छन् । ‘कुनै एक चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यसै वर्षको माघ १९ मा प्रदर्शन गर्ने निर्णय गरेका छौं’, सुदर्शनले लेखेका छन् ।

सुदर्शनका अनुसार फिल्मलाई उपत्यकाबाहिर एफडी कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र जीजीए इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

फिल्ममा दिनेश डिसी, हरिहर शर्मा, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायालगायतको पनि अभिनय छ । सुदर्शन थापा र पुजा शर्माले निर्माण गरेको फिल्ममा सुदर्शन थापाकै कथा, सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ११ : ३९ बजे

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा ‘फाउल