प्रधानन्यायाधीश राणा विचौलिया र भ्रष्टको नाइके भन्दै सर्वोच्च परिसरभित्रै प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

प्रधानन्यायाधीश राणा विचौलिया र भ्रष्टको नाइके भन्दै सर्वोच्च परिसरभित्रै प्रदर्शन (भिडियोसहित)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोध गर्दै सर्वोच्च परिसरमै प्रदर्शन भएको छ ।

प्रधानन्यायाधीश राणा विचौलिया र भ्रष्टको नाइके भन्दै सर्वोच्च परिसरभित्रै चर्को नाराबाजी भएको छ ।

नेपाल बार एसोसिएसनको ब्यानरमा चलिरहेको दैनिक धर्ना र कोणसभामा बिहीबार भने तनावको अवस्था सिर्जना भयो । सर्वोच्च अदालत परिसरमा वकिलहरूमाथि प्रहरी हस्तक्षेप भयो । ६ वकिलहरू घाइतेसमेत भए ।

वकिलहरूमाथि सर्वोच्च प्रशासनको आदेशमा बर्दीधारी प्रहरीले बल प्रयोग गरेपछि सर्वोच्च अदालत परिसरभित्रै ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’, ‘विचौलियाका नाइके राजीनामा देऊ’, ‘गुन्डाका नाइके राजीनामा देऊ’, भन्ने चर्को नाराबाजी भएको थियो।

भिडियो हेर्नुहोस्

नाराबाजीसँगै केही वकिलहरूले सर्वोच्च परिसरमै सम्बोधन गरे । सम्बोधनका क्रममा उनीहरूले अब पनि राजीनामा नदिने हो भने प्रधानन्यायाधीश जबरालाई ‘घोक्रेठ्याक’ लगाएर निकाल्ने चेतावनी समेत दिएका छन् । ‘अब पनि प्रधानन्यायाधीशले पद त्यागेनन् भने घोक्रेठ्याक लगाउनुपर्छ,’ एक वकिलले नाराबाजीकैबीचमा भने । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार भएको हस्तक्षेपको विरोध गर्दै अब राजनीमा नभई पदच्यूत गर्ने दिशामा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  २ : ०१ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग