प्रधानन्यायाधीश राणा विचौलिया र भ्रष्टको नाइके भन्दै सर्वोच्च परिसरभित्रै प्रदर्शन (भिडियोसहित) « Khabarhub

प्रधानन्यायाधीश राणा विचौलिया र भ्रष्टको नाइके भन्दै सर्वोच्च परिसरभित्रै प्रदर्शन (भिडियोसहित)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोध गर्दै सर्वोच्च परिसरमै प्रदर्शन भएको छ ।

प्रधानन्यायाधीश राणा विचौलिया र भ्रष्टको नाइके भन्दै सर्वोच्च परिसरभित्रै चर्को नाराबाजी भएको छ ।

नेपाल बार एसोसिएसनको ब्यानरमा चलिरहेको दैनिक धर्ना र कोणसभामा बिहीबार भने तनावको अवस्था सिर्जना भयो । सर्वोच्च अदालत परिसरमा वकिलहरूमाथि प्रहरी हस्तक्षेप भयो । ६ वकिलहरू घाइतेसमेत भए ।

वकिलहरूमाथि सर्वोच्च प्रशासनको आदेशमा बर्दीधारी प्रहरीले बल प्रयोग गरेपछि सर्वोच्च अदालत परिसरभित्रै ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’, ‘विचौलियाका नाइके राजीनामा देऊ’, ‘गुन्डाका नाइके राजीनामा देऊ’, भन्ने चर्को नाराबाजी भएको थियो।

भिडियो हेर्नुहोस्

नाराबाजीसँगै केही वकिलहरूले सर्वोच्च परिसरमै सम्बोधन गरे । सम्बोधनका क्रममा उनीहरूले अब पनि राजीनामा नदिने हो भने प्रधानन्यायाधीश जबरालाई ‘घोक्रेठ्याक’ लगाएर निकाल्ने चेतावनी समेत दिएका छन् । ‘अब पनि प्रधानन्यायाधीशले पद त्यागेनन् भने घोक्रेठ्याक लगाउनुपर्छ,’ एक वकिलले नाराबाजीकैबीचमा भने । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार भएको हस्तक्षेपको विरोध गर्दै अब राजनीमा नभई पदच्यूत गर्ने दिशामा लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  २ : ०१ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी