नेकपाका महासचिव विप्लव धनगढीमा « Khabarhub

नेकपाका महासचिव विप्लव धनगढीमा


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् ।

यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुनले बताए । राष्ट्रिय सम्मेलन उद्घाटन गरेर विप्लवले कञ्चनपुरस्थित भारतले अतिक्रमण गरेको भूभागको निरीक्षण गर्ने कार्यक्रम रहेको इन्चार्ज पुनले बताए ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विप्लवले सो आन्दोलन पनि सुदूरपश्चिमबाटै गर्ने छन् ।

नेकपा विप्लवले प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको संघर्षको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म एक घण्टा चक्का जाम, कात्तिक २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गरिने सुदूरपश्चिम प्रदेश इन्चार्ज पुनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : २४ बजे

अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक

बाँके– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा

मेयर कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

बैतडी– मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली

कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले

एक फर्मलाई जरिवाना, पाँचवटालाई सुधारात्मक निर्देशन

काठमाडौं– नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा