नेकपाका महासचिव विप्लव धनगढीमा « Khabarhub

नेकपाका महासचिव विप्लव धनगढीमा


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् ।

यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुनले बताए । राष्ट्रिय सम्मेलन उद्घाटन गरेर विप्लवले कञ्चनपुरस्थित भारतले अतिक्रमण गरेको भूभागको निरीक्षण गर्ने कार्यक्रम रहेको इन्चार्ज पुनले बताए ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि त्यसको विरोधमा विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विप्लवले सो आन्दोलन पनि सुदूरपश्चिमबाटै गर्ने छन् ।

नेकपा विप्लवले प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको संघर्षको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक २६ गते प्रचाररप्रसार र साँझ मशाल जुलुस, कात्तिक २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म एक घण्टा चक्का जाम, कात्तिक २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे आन्दोलनका थप कार्यक्रम घोषणा गरिने सुदूरपश्चिम प्रदेश इन्चार्ज पुनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ६ : २४ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती