जिपबाट हाम फाल्दा एकको मृत्यु « Khabarhub

जिपबाट हाम फाल्दा एकको मृत्यु


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- गुडिरहेको जिपबाट हामफाल्दा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ का ४० वर्षीय राज कोली रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

बिहीवार बेलुका गिरेगडाबाट देहीमाडौँतर्फ आइरहेको म१ज ११९ नंको जिपको पछाडि सवार कोलीले पार्सा भन्ने ठाउँमा अर्को गाडीलाई साइडदिन जिप ब्याक गर्दा हामफालेको बताइएको छ । हामफाल्दा गम्भीर घाइते भएका कोलीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

कोलीको बाटोमै मृत्यु भएपछि जिप छोडेर चालक जनक जोशी भागेका थिए । भागेका जोशीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ८ : १८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट