पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा, नयाँ टिम विजेता बन्ने पक्का | Khabarhub Khabarhub

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा, नयाँ टिम विजेता बन्ने पक्का


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानलाई पराजित गर्दै अष्ट्रेलिया टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलिलाई पाँच विकेले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले ५ विकेट गुमाउँदै १९ ओभरमा भेटायो । म्याथ्यु वेडले शाहीन शाह अफ्रिदीको ओभरमा लगातार तीन छक्का प्रहार गर्दै अष्ट्रेलियालाई जित दिलाए ।

निकै प्रतिस्पर्धात्मक खेलमा कितबेला अष्ट्रेलिया अगाडि हुन्थ्यो भने कतिबेला पाकिस्तान । तर, अन्तिम २ ओभरमा २२ रन आवश्यक हुँदा अष्ट्रेलियाले एकै ओभरमा २२ रन बनायो । अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए । डेबिड वार्नरले ४९ रन बनाएका थिए ।

पाकिस्तानका लागि सादब खानले ४ विकेट लिए पनि अन्य बलर सफल नहुँदा पाकिस्तान उपाधि होडबाट बाहिरियो । आईसीसीको कुनै पनि इभेन्टको नकआउटमा पाकिस्तानले हालसम्म अष्ट्रेलियालाई पराजित गर्न सकेको छैन ।

अष्ट्रेलियाले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा न्यूजिल्याण्डसँगको भेटलाई पक्का गरेको छ । न्यूजिल्याण्डले इंग्ल्याण्डलाई पारजित गर्दै फाइनलको यात्रा गरेको थियो ।

यी दुबै टिमले हालसम्म टी ट्वान्टी विश्वक कपको उपाधि जित्न सकेका छैनन् । त्यसैले यो पटक नयाँ विजेता बन्ने पक्का भएको हो । फाइनल खेल आगामी सोमबार हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ११ : ३५ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु