नवयुगको घुँडाको सफल शल्यक्रिया, करिब दुई महिना मैदान बाहिरै रहने « Khabarhub

नवयुगको घुँडाको सफल शल्यक्रिया, करिब दुई महिना मैदान बाहिरै रहने


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर तथा त्रिभुवन आर्मी फुटबल क्लबका सदस्य नवयुग श्रेष्ठको घुँडाको शल्यक्रिया गरिएको छ ।

गतसाता मैत्रिपूर्ण खेल खेल्ने क्रममा घुँडाको ‘एमसिएल’ मा चोट लागेपछि नवयुगको बिहीबार सातदोबाटोस्थित बि एण्ड बि अस्पतालमा शल्यक्रिया भएको हो ।

एमसिएलको शल्यक्रियासँगै अव नवयुग करिब ६-७ साता मैदान बाहिर हुने भएका छन् । स्रोतका अनुसार उनी करिब २ महिना मैदान बाहिर रहनेछन् । ‘नवयुगको सफल शल्यक्रिया भएको छ । ६-७ साता मैदान बाहिर हुनेछन्,’ आर्मी क्लब स्रोतले न्युज कारखानालाई भन्यो ।

योसँगै नवयुगले ३ मसिंरबाट सुरु हुने लिगको सुरुआती खेल गुमाउने भएका छन् । साविक उपविजेता आर्मीले आफ्नो पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग खेल्दै लिगको सुरुआत गर्नेछ भने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

एन्फाले बाँकी चरणका खेल तालिका भने सार्वजनिक गरेको छैन ।

गत सिजन (२०७६ साल) अन्तिम खेलमा आर्मीलाई लिग उपाधि पहिलो पटक हात पार्न १ अंक चाहिएको निर्णायक खेलमा मछिन्द्र एफसीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

आर्मीले अग्रप्रक्तिमा नवयुगले चोट बोकेसँगै कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीलाई अग्रपंक्तिको जिम्मेवारी सुम्पिनेछ ।

नेपाल राष्ट्रिय टोलीका नियमित सदस्य नवयुगले गतसाता ब्रिगेड ब्वाईज क्लबसँग एन्फा मैदानमा भएको मैत्रिपूर्ण खेल खेल्ने क्रममा चोट बाकेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ४२ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य