बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीको निर्देशन


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै भएको नेपाल बार असोसिएशनको आन्दोलनमा प्रहरी हस्तक्षेप नगर्न निर्देशन दिएका छन् ।

बार महासचिव लीलामणि पौडेलले प्रधानमन्त्री देउवाले गृहमन्त्रीमार्फत प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको भन्ने जानकारी आफूलाई आएको बताए ।

यस विषयमा न्याय, कानून तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले पहल गरेको पनि आफूले जानकारी पाएको पौडेलले बताए ।

पौडेलका अनुसार शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्ने प्रतिबद्धता सरकारबाट प्राप्त भएको छ । यसैगरी सर्वोच्च प्रशासनले बन्द गराएको मूल गेट खोल्न लगाउने आश्वासन पाएको पनि पौडेलले बताए ।

नेपाल बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने गरी आन्दोलनको घोषण गरेको थियो । अदालतको मूल गेट बिहानैदेखि बन्द राखिएकाले आन्दोलनकारी कानून व्यवसायीहरू सडकमा जम्मा भएका छन् ।

आन्दोलनकारीलाई सम्बोधन गर्ने क्रममा महासचिव पौडेलले प्रधानन्यायाधीश जबरालाई चुनाव लडेर प्रधानमन्त्री र राष्ट्रपति बन्न चुनौती दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : ०१ बजे

आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने

काठमाडौं– सांसद आशिका तामाङले एक महिनाको तलब गणेश नेपालीको परिवारलाई

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको