शिक्षिकाको कुटाईले ५ वर्षे बालिकाको कानको जाली फुट्यो | Khabarhub Khabarhub

शिक्षिकाको कुटाईले ५ वर्षे बालिकाको कानको जाली फुट्यो


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–शिक्षिकाको कुटाईबाट पाँच वर्षकी बालिका एस्तर राईको कानको जाली फुटेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको लिटल एन्जल बोडिङ स्कुलमा अध्ययनरत बालिकाको कानका जाली फुटेको हो । उनी कक्षा १ मा अध्ययनरत छन् ।

सोमबार विद्यालय छुट्टी हुने बेलामा छोरीले कुटाइ खाएको र सोही कुटाईले कानको जाली फुटेको उनकी आमा दुर्गा राईले बताइन । घटनाका बारेमा जानकारी दिँदै दुर्गाले भनिन्, ‘सोमबार घर आउने बेलामा मिसले कुट्नुभएको रहेछ । स्कुलको गाडीमा नानीलाई घरमै ल्याइदिएको थियो । राति नानीले कान दुख्यो भन्दा मैले वास्ता गरिन । गलेको रहेछु, निदाएँ । बिहान हेर्दा नानीको कानबाट रगत बगिरहेको थियो ।’

कान दुखेकै पीरले मंगलबार नानीले स्कुल जान नमानेको उनले बताइन् । ‘मैले जानुपर्छ भनेपछि उसको बाजेलाई आज नजाने भनिछ । अनि नानीलाई सोद्धा कान दुखेको बताइन । तयार बनाएर स्कुल बसमा लगेर सिस्टरलाई भनेको विद्यालय आएर आफैं भन्नुहोस भन्नुभयो । अनि विद्यालय गएँ। मेरै नानीको विषयमा कुरा भइरहेको रहेछ । तर, नानी चाँही कक्षामा एकोहोरो भएर बसेकी थिइन ।’

स्कुलका शिक्षक शिक्षिकाले सामान्य घाउ भएको वा लडेको भनेपनि नानीले मिन्थुना मिसले चार झापट हान्दा कानै ‘चटक्क’ गरेको बताएपछि जाँच गर्न लैजान विद्यालय राजी भएको दुर्गाले बताइन् ।

विद्यालयले चेकअप गर्ने ठाउँमा पनि डाक्टरलाई पहिल्यै भनेकोले हिमाल फार्मेसीका डाक्टर ज्ञानेन्द्र शाहले सामान्य घाउ पाकेर रगत आएको बताएका थिए । शाहको भनाई उदृत गर्दै दुर्गाले भनिन्, ‘केही भएको छैन । औषधी लगाएपछि ठीक हुन्छ भन्नुभयो । मैले अलि सोधखोज गरेपछि इन्डेसकोपी गरेर हेर्दा कानको जाली फुटेको पाइयो । विद्यालय र फार्मेसीले सामान्य औषधी गर्दा हुन्छ भनेपनि आफूले जिद्धि गरेपछि यहाँ यसको उपचार नहुने भनेर अहिले विराटनगर लिएर जाँदैछु ।’

उनले विद्यालयले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाइन । उनले नानीको नियमित चेकजाँच गर्ने गरेको र कुनै समस्या नरहेको बताएकी छन् । नानीको बुबा वैदेशिक रोजगारीका क्रममा कतार रहेको भन्दै उनले नानीको शिक्षा र स्वास्थ्यमा विशेष ख्याल गर्नु भन्ने गरेको पनि सुनाइन् । तर विद्यालयमै कुटाइ खाएर कानको जाली फुट्दा आफूलाई अशह्य भएको उनको भनाईछ ।

विद्यालय प्रशासनले भने शिक्षिकाले विद्यार्थीलाई कुटेको भएपनि कुटाईकै कारण जाली फुटेको हो कि होइन भन्ने टुंगो नभएको जनाएको छ । अभिभावकको गुनासो अनुसार आफूहरुले वेवास्ता नगरेको विद्यालयका प्रिन्सिपल लय खनालले भने । उनले भने, ‘हामीबाट केही कमजोरी त भयो । तर दमकमा चेक गर्दा अलि कन्फ्युज भयो । यसको थप उपचारका लागि बिराटनगर जाँदैछौं । यहाँ चेकजाँच गरेपछि थाहा हुनेछ ।’

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ९ : ५६ बजे

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगकाे आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ