सुत्दा सास फेर्न गाह्रो हुँदा यस्तो स्वास्थ्य जोखिम « Khabarhub

सुत्दा सास फेर्न गाह्रो हुँदा यस्तो स्वास्थ्य जोखिम


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा सुत्दा सास फेर्न गाह्रो अनुभव हुन्छ । यस्तो हुनेमा डिप्रेसनको जोखिम बढ्न सक्ने अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अमअ)को अध्ययनले देखाएको छ ।

’स्लिप’ जर्नलमा प्रकाशित अध्ययन अनुसार, निदाएको बेला सास फेर्ने समस्या पुरुषको दाँजोमा महिलामा बढी हुन्छ । निदाएको बेला सास अड्कनु, हलुको सास फेर्नु वा घुर्नु जस्ता लक्षणहरू भविष्य प्रति आशावादी नहुने, विफलता डर डिप्रेसनसँग सम्बन्धित हुन्छ ।

अध्ययनमा सहभागी भएका ९ हजार ७ सय १४ प्रौढ महिला तथा पुरुषमा गरिएको अनुसन्धानमा ’स्लिप एपेनिया’ भनिने निद्राको बेला सास रोकिने समस्याबाट पुरुषको दाँजोमा महिलाहरूलाई डिप्रेसन ग्रस्त हुने जोखिम बढी हुने देखाएको छ ।

अनुसन्धान अनुसार, मानसिक स्वास्थ्यका चिकित्सकले बिरामीलाई प्रायः समान प्रश्न गरेका थिए । निद्रा कसरी लाग्छ ? उठेपछि शरीर चङ्गा हुन्छ हुँदैन ? लगायतको प्रश्नमा निद्राको बेला सास फेर्ने समस्याको प्रभाव रोगीको मानसिक स्वास्थ्यमा पर्ने असर देखिएको छ । सधैँ एकै समय उठ्ने, राति राम्ररी सुत्न नपाएका, बिहान ढिलोसम्म सुत्न अलार्म घडीको स्नुज बटन थिच्नुपर्ने स्थितिले सम्बन्धित व्यक्तिलाई झन् समस्यामा पार्न सक्छ ।

लाफ वोर्फ विश्वविद्यालयमा दुई वर्षसम्म गरिएको उक्त अनुसन्धानमा शरीरको प्राकृतिक घडीको नैसर्गिक लयलाई बिगार्ने र समस्या बढाउने देखिएको छ । १ हजारभन्दा बढी व्यक्तिमा गरिएको अनुसन्धान अनुसार, अलिकति पनि सुत्न नसक्ने, अनिद्राका रोगीहरूले बिहानभरि निद्रा कुर्नुको साटो एउटै समयमा उठ्नु राम्रो हुन्छ ।

थप केही घण्टा सुत्नका लागि ओल्टेकोल्टे फेरिरहनुको सट्टा दिनहुँ एउटै समयमा उठ्ने गर्नुपर्छ । अध्ययन अनुसार, अनिद्राले ग्रस्त व्यक्तिहरू आफ्ना सामान्य सहकर्मीहरूको तुलनामा काम गर्न १० प्रतिशत कम सक्षम हुन्छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : १२ बजे

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी