सुत्दा सास फेर्न गाह्रो हुँदा यस्तो स्वास्थ्य जोखिम « Khabarhub

सुत्दा सास फेर्न गाह्रो हुँदा यस्तो स्वास्थ्य जोखिम


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसमा सुत्दा सास फेर्न गाह्रो अनुभव हुन्छ । यस्तो हुनेमा डिप्रेसनको जोखिम बढ्न सक्ने अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अमअ)को अध्ययनले देखाएको छ ।

’स्लिप’ जर्नलमा प्रकाशित अध्ययन अनुसार, निदाएको बेला सास फेर्ने समस्या पुरुषको दाँजोमा महिलामा बढी हुन्छ । निदाएको बेला सास अड्कनु, हलुको सास फेर्नु वा घुर्नु जस्ता लक्षणहरू भविष्य प्रति आशावादी नहुने, विफलता डर डिप्रेसनसँग सम्बन्धित हुन्छ ।

अध्ययनमा सहभागी भएका ९ हजार ७ सय १४ प्रौढ महिला तथा पुरुषमा गरिएको अनुसन्धानमा ’स्लिप एपेनिया’ भनिने निद्राको बेला सास रोकिने समस्याबाट पुरुषको दाँजोमा महिलाहरूलाई डिप्रेसन ग्रस्त हुने जोखिम बढी हुने देखाएको छ ।

अनुसन्धान अनुसार, मानसिक स्वास्थ्यका चिकित्सकले बिरामीलाई प्रायः समान प्रश्न गरेका थिए । निद्रा कसरी लाग्छ ? उठेपछि शरीर चङ्गा हुन्छ हुँदैन ? लगायतको प्रश्नमा निद्राको बेला सास फेर्ने समस्याको प्रभाव रोगीको मानसिक स्वास्थ्यमा पर्ने असर देखिएको छ । सधैँ एकै समय उठ्ने, राति राम्ररी सुत्न नपाएका, बिहान ढिलोसम्म सुत्न अलार्म घडीको स्नुज बटन थिच्नुपर्ने स्थितिले सम्बन्धित व्यक्तिलाई झन् समस्यामा पार्न सक्छ ।

लाफ वोर्फ विश्वविद्यालयमा दुई वर्षसम्म गरिएको उक्त अनुसन्धानमा शरीरको प्राकृतिक घडीको नैसर्गिक लयलाई बिगार्ने र समस्या बढाउने देखिएको छ । १ हजारभन्दा बढी व्यक्तिमा गरिएको अनुसन्धान अनुसार, अलिकति पनि सुत्न नसक्ने, अनिद्राका रोगीहरूले बिहानभरि निद्रा कुर्नुको साटो एउटै समयमा उठ्नु राम्रो हुन्छ ।

थप केही घण्टा सुत्नका लागि ओल्टेकोल्टे फेरिरहनुको सट्टा दिनहुँ एउटै समयमा उठ्ने गर्नुपर्छ । अध्ययन अनुसार, अनिद्राले ग्रस्त व्यक्तिहरू आफ्ना सामान्य सहकर्मीहरूको तुलनामा काम गर्न १० प्रतिशत कम सक्षम हुन्छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : १२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको