नेपालमा एकल नेतृत्वका लागि कुनै दल सक्षम छैनन् : मन्त्री यादव « Khabarhub

नेपालमा एकल नेतृत्वका लागि कुनै दल सक्षम छैनन् : मन्त्री यादव


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोजकुमार यादवले नेपालका कुनै पनि पार्टीले सरकार एकल नेतृत्व गर्न सक्षम नरहेको दाबी गरेका छन् ।

नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कांग्रेस निकट लोकतान्त्रिक इन्जिनियर समूह (दिलीप कुमार झा) फाइनलले शुक्रबार जनकपुरधाममा आयोजना गरेको एक अन्तरक्रियामा मन्त्री यादवले उक्त दाबी गरेका हुन् ।

‘छिमेकी मुलुक भारतमा लामो समयदेखि विभिन्न पार्टीका संयुक्त सरकारको अभ्यास रहे पनि नेपालमा त्यो अहिलेसम्म खासै गरिएको छैन’, मन्त्री यादवले भने, ‘अहिलेको अवस्थामा नेपालमा कुनै पनि पार्टी एकल सरकारको नेतृत्व गर्न सक्षम देखिएको छैन । तत्कालीन नेकपाको झन्डै दुई तिहाइको सरकारले पनि पाँच वर्षसम्म नेतृत्व गर्न सकेन ।’

संघीय सरकारदेखि प्रदेश सरकारमा पनि सम्पूर्ण लोकतान्त्रिक शक्ति एकजुट भई सरकारको नेतृत्व गरिरहेको भन्दै मन्त्री यादवले भने, ‘संविधान र संघीयतालाई संस्थागत गर्न अहिले लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन । हामी एकजुट भएर अगाडी बढेको खण्डमा मात्रै लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न सक्छौं ।’

अगामी मंसिर २४ गते हुने नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचन नजिकिँदै जर्दा विभिन्न संगठनले आ–आफ्ना प्यानलका उम्मेदवारको प्रचार गरिरहेका छन् । सोही क्रममा लोकतान्त्रिक इन्जिनियर समूहबाट नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष पदका उम्मेदवार दिलीप कुमार झाले शुक्रबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरेका थिए ।

देशको भौतिक पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उम्मेदवार झाले भने, ‘एसोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धिदेखि लिएर उनीहरूको पेसागत सुरक्षा, बेरोजगारीलगायतका समस्या सम्बोधन गर्न हाम्रो टिम सक्षम छ ।’

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ५९ बजे

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल