एमालेमा असन्तुष्ट इटहरीका मेयर चौधरीले माधव नेपालसँग गरे लन्च मिटिङ « Khabarhub

एमालेमा असन्तुष्ट इटहरीका मेयर चौधरीले माधव नेपालसँग गरे लन्च मिटिङ


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले एमाले छाड्ने संकेत गरेका छन् ।

एमाले सुनसरीको नेतृत्वलाई लिएर असन्तुष्ट चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग लन्च मिटिङ गरेका छन् ।

आफ्नै  घरमा चौधरीले नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतलाई खाना खुवाएका हुन् । सो क्रममा उनले इटहरी उपमहानगरभित्रको बाढी तथा डुबानको समस्या, छ लेन सडकमा भएको अवरोधसहितका विषयमा  ध्यानाकर्षण गराएका थिए ।

झण्डै दुई वर्षअघि पत्रकारको नाकको डाँडी भाँचिदिन्छु भनेर चर्चामा आएका चौधरी एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै दुईअघि फेरि चर्चामा आएका थिए ।

चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी बिहीबार मात्र समाजवादीका प्रदेश १ अध्यक्ष बलदेव चौधरीसँग पनि खाना खाएको फोटो सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १० : २५ बजे

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल