अमिलो पानी आउने, छाती पोल्ने समस्या छ ? यसरी गर्नुस् घरेलु उपचार « Khabarhub

अमिलो पानी आउने, छाती पोल्ने समस्या छ ? यसरी गर्नुस् घरेलु उपचार


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

तपाईलाई पेट फुल्ने,अमिलो पानी आउने, खाना नरुच्ने समस्या देखियो ? यस्तो अवस्थमा डर लाग्ने, आत्तिने, बैचैनी बढ्ने गरको छ ?

यदि यस्तो समस्या छ भने तपाईलाई अम्लपित्त भएको हुनसक्छ । अम्लपित्तको समस्या बढ्दै गएमा मानिसहरुमा उदास हुने गर्छन् । अम्लपित्त भनेको ग्यास्ट्रि ग्ल्यान्डले खाना पचाउनका लागि ग्यास्टिक रस निष्कासन गर्दा रस बढी निष्कासन भएमा पेटमा बढी एसिड जम्मा भइ अम्लपित्त हुन्छ । यसलाई चिकित्सकीय भाषमा एसिडिटी भनिन्छ ।

अम्लपित्तको लक्षण

–पेट, छाती र घाँटीमा जलन हुनु,

–अमिलो डकार आउनु,

–कहिलेकाहीँ उल्टी हुनु,

–मुखमा अमिलो र तीतो पानी आउनु,

–अपच हुनु,

–शरीर तातो हुनु,

–भोक कम लाग्नु वा बढी लाग्नु,

–टाउको

–जीउ दुख्नु,

–हातखुट्टा पोल्नु,

–चक्कर लाग्नु,

–बेचैनी, चिन्ता, क्रोध तथा चिडचिडेपन बढ्नु,

–राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु,

– डरलाग्दा सपना देख्नु ।

यस्ता लक्षण देखिएमा समयमै उपचार गराउनु पर्छ । अम्लपित्तको समयमै उपचार नभएमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना हुन्छ ।

अम्लपित्तको घरेलु उपचार

–जीरा र धनियाँको धूलोलाई पानीमा हालेर उमाल्ने र चिसो भएपछि छानेर पिउने,

–हरेक बिहान आधा गिलास दूधमा आधा गिलास पानी र एक चम्चा जति मिश्री मिलाएर बनाएको लस्सी पिउने,

–एक चम्चा अमलाको रस, एक चौथाइ चम्चा भुटेर कुटेको जीराको धूलो, आधा चम्चा धनियाँको धूलो तथा अलिकति मिश्री मिलाएर दिनको एक पटक खानापछि खाने ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  २ : ५८ बजे

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका