टी-२० श्रृखंला खेल्न नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान « Khabarhub

टी-२० श्रृखंला खेल्न नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारसँग हुने तीन टी-२० श्रृखंलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेको छ । नेपाली टोलीले आइतबार बिहान कतारको उडान भरेको हो ।

२२ देखि २८ नोभेम्बरसम्म हुने आईसीसी महिला टी-२० विश्वकप अन्तर्गत एसियाली छनोट तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन टी-२० श्रृंखला खेल्नेछ । छनोट दुबईमा हुनेछ ।

छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरिसकेको छ । नेपाली टिम कतारबाट १९ नोभेम्बरमा दुबई प्रस्थान गर्नेछ । यसअघि नेपालले बंगलादेश पुगेर स्थानिय क्लबसँग तीन मैत्रीपूर्ण श्रृंखला खेलेको थियो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको लागि नेपालसहित ६ मुलुकले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ देश सहभागी छन् ।

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । ७ मंसिरमा भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीमा अहिले रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई रहेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १० : १० बजे

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा