प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन « Khabarhub

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित तीन राजदूतविरुद्ध व्यक्तिगत उजुरी नपरेको जनाएको छ ।

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले उजुरी आह्वान गरे पनि नपरेको हो ।

दुई हप्ताअघि १६ कात्तिकमा भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको समितिले संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाएको थियो ।

उनीहरूविरुद्ध उजुरी दिन समितिले दिएको १० दिनको समयमा व्यक्तिगत उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘प्रस्तावित राजदूतहरूविरुद्ध व्यक्तिगत उजुरी परेन । एउटा समावेशी प्रतिनिधित्व भएन भन्दै उजुरी परेको छ’, सभापति कर्णले भने ।

उनका अनुसार अब २ मंसिरपछि उनीहरूको सुनुवाइ हुनेछ । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले तीनजनालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएमा नियुक्ति प्रक्रियाअघि बढ्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  २ : ४३ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले