डोल्पाको पाँच स्थानीय तहका ४० वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न « Khabarhub

डोल्पाको पाँच स्थानीय तहका ४० वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वडामा अधिवेशन सम्पन्न गरेको हो ।

क्रियाशील सदस्य विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशनमा सम्पूर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जनाएको छ ।

उपल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा भने अझै अधिवेशन भएको छैन ।

पार्टीको संगठन भए पनि समय अभाव, भौगोलिक कठिनाइ र जनशक्ति परिचालनमा समस्या हुँदा उपल्लो डोल्पामा वडा अधिवेशन गर्न नसकेएको सभापति अंगतकुमार बुढाले बताए । जगदुल्ला गाउँपालिकाका १ र ३ वडामा अधिवेशन भइसकेको र बाँकीमा पनि गर्ने तयारी भइरहेको बुढाको भनाइ छ ।

वडा अधिवेशनमा अल्पसङ्ख्यक, अपाङ्ग र दलित महिला प्रतिनिधिहरू पाउनै मुश्किल भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : १५ बजे

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना