डोल्पाको पाँच स्थानीय तहका ४० वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न | Khabarhub Khabarhub

डोल्पाको पाँच स्थानीय तहका ४० वडामा कांग्रेस वडा अधिवेशन सम्पन्न


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वडामा अधिवेशन सम्पन्न गरेको हो ।

क्रियाशील सदस्य विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशनमा सम्पूर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जनाएको छ ।

उपल्लो डोल्पाका शे–फोक्सुण्डो र डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा भने अझै अधिवेशन भएको छैन ।

पार्टीको संगठन भए पनि समय अभाव, भौगोलिक कठिनाइ र जनशक्ति परिचालनमा समस्या हुँदा उपल्लो डोल्पामा वडा अधिवेशन गर्न नसकेएको सभापति अंगतकुमार बुढाले बताए । जगदुल्ला गाउँपालिकाका १ र ३ वडामा अधिवेशन भइसकेको र बाँकीमा पनि गर्ने तयारी भइरहेको बुढाको भनाइ छ ।

वडा अधिवेशनमा अल्पसङ्ख्यक, अपाङ्ग र दलित महिला प्रतिनिधिहरू पाउनै मुश्किल भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ३ : १५ बजे

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने

गोरखामा एक युवतीको हत्या

 गोरखा – गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी– सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान