अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि | Khabarhub Khabarhub

अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार सम्पन्न टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो ।

दुबई मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा लक्ष्य भेटायो । उसका लागि डेबिड वार्नर र मिचेल मार्शले अर्धशतक बनाए । मार्शले ७७ रन बनाउँदा वार्नरले ५३ रन बनाए ।

न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले २ विकेट लिए। अन्य बलरले सफलता नपाउँदा न्यूजिल्याण्डले उपविजेतामा चित्त बुझाउनु परेको हो । यसअघि पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रन बनाएका थिए ।

यो प्रतियोगितामा टसको निकै महत्वपूर्ण भूमिका रह्यो । टस जित्ने र लक्ष्य पछ्याउने टिमले खेल जिते भने पहिला ब्याटिङ गर्ने टिमले जित्न सकेनन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ०९ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण