आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट बढाउन माग | Khabarhub Khabarhub

आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट बढाउन माग


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सांसदहरुले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रको बजेटको बृद्धि गरिनुपर्ने माग गरेका छन् । शिक्षाको अधिकार सबैमाझ पु¥याउन शिक्षा क्षेत्रको बजेट बढाइनुपर्ने सांसदहरुको माग छ ।

संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबार बसेको बैठकमा समिति सदस्यहरुले शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेका हुन् ।

संविधानले आधारभूत शिक्षालाई मौलिक हकमा रुपमा सूचीकृत गरेको भए पनि मुलुकका धेरै स्थानमा बालबालिकाहरु शिक्षाबाट बञ्चित रहेको सांसदहरुले भनाइ थियो ।

संघीय प्रणाली अनुसार शिक्षा क्षेत्रको पुर्नसंरचना नगरिएको तथा केन्द्रद्वारा नै नियन्त्रणमा राख्ने काम भइरहेको भन्दै समितिका सदस्य (सांसद)हरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको ध्यानाकर्षण गराए ।

समिति सदस्य देवप्रसाद तिमिल्सिनाले मन्त्रीहरुको सेवा सुविधामा भन्दा आधारभूत शिक्षाको प्रत्याभुतिका लागि शिक्षा क्षेत्रमा बजेट बढाउन मन्त्रीको ध्यानाकर्षण ए ।

सत्तारुढ दल नेकपाका प्रभावशाली नेता समेत रहेका समिति सदस्य (सांसद) भीम रावलले उच्च शिक्षालाई गुणात्मक बनाउनका लागि कानून, नीति , नियम र पदाधिकारी नियुक्ति गर्ने शैली पनि परिवर्तन गर्नुपर्ने बताए ।

शिक्षाका सम्पुर्ण प्रणाली र पद्धतिमा सुधार नल्याए गुणस्तरीय शिक्षा कागजमा मात्रै सीमिति हुने उनको भनाइ थियो ।

नेता रावलले सुदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीले ११ महिनासम्म तलब नपाएको भन्दै मन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराए ।

समिति सदस्य राधेश्याम अधिकारीले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरी बनाइने शिक्षा नीति तथा विधेयक स्वीकार्य बताए ।

समिति सदस्य पम्फा भुसालले संघीयताको मूल्य मान्यता विपरित पालिका र प्रदेशस्तरमा हुने कार्यालय पनि केन्द्र मातहत नै राख्ने काम भएको बताइन् । यस्तो कामले कर्मचारीको संख्या बढी हुदा त्यसको भार संघीयताले धान्न नसक्ने र अन्तत संघीय प्रणाली नै असफल हुने खतरा बढाएको भुसालको तर्क थियो ।

समितिका अर्का सदस्य गणेश सिंह ठगुन्नाले शुन्य दरबन्दीका सामुदायिक विद्यालयलाई देखाएर सरकारले निःशुल्क शिक्षाको घोषणा गरेकोे भन्दै आपत्ति जनाए ।

हिमाली, पहाडी र विकट जिल्लाका कतिपय स्थानमा अझै पनि आधारभूत शिक्षा पुग्न नसकेको तथा त्यस क्षेत्रका सामुदायिक विद्यालय दरबन्दीविहिन भएको उनको भनाइ थियो ।

समिति सदस्य खेम प्रसाद लोहनीले नयाँ र योग्य शिक्षक नियुक्त गरि सामुदायिक शिक्षाको गुणस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिए ।

समितिको शुक्रबारको बैठकमा शिक्षासम्बन्धी नीति र कार्यान्वनय सम्बन्धमा भएका कामकारबाही बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  २ : ४८ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी