विप्लवको नेपाल बन्द आज, नेपाल बारको आन्दोलनमा जान दिने « Khabarhub

विप्लवको नेपाल बन्द आज, नेपाल बारको आन्दोलनमा जान दिने


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले आज मंगलबार नेपाल बन्दको आह्वान गरेको छ ।

सो पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिन नेपाल बन्दको आह्वान गरिएको बताएका छन् ।

उनले बन्द रहर नभई बाध्यता भएको बताए। विप्लवको पार्टीले नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने भएको छ।

न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ ।

प्रधानन्यायाधीश बहिर्गमनका लागि अधिवक्ताहरु दिनहुँ धर्ना र नाराबाजी गरिरहेका छन् । यसैक्रममा मंगलबार घोषित नेपाल बन्दमा आन्दोलन के हुने अन्योलका बीच बार महासचिव लिलामणी पौडेलले सोमबार साँझै विज्ञप्ति जारी गरेर बन्दमा अधिवकतालाई अवरोध नहुने जानकारी गराएका छन् ।

‘भोलि विप्लव समूहले नेपाल बन्दको कार्यक्रम राखेको भए पनि कानून व्यवसायीहरुको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालो कोट, बारको लोगो र परिचय पत्र सहित बार एशोसिएशन र अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुलाई कुनै रोक, अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञज्ञप्तिमा सर्वोच्च अदालतलगायत देशभरका सबै कानून व्यवसायीहरुलाई कुनै अवरोध नहुने र नरहने भएकोले सम्पूर्ण कानून व्यवसायीलाई बार र एकाईहरुबाट गरिने कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : १५ बजे

बङ्गलादेशमा इन्धन अभावले पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता

ढाका– इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको

गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप

काठमाडौं– बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका

सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता

गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको