११ जना विप्लवका कार्यकर्ता तनहुँबाट पक्राउ | Khabarhub Khabarhub

११ जना विप्लवका कार्यकर्ता तनहुँबाट पक्राउ


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्रेको छ ।

आज मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए ।

सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर संगठनको जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशंकर लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले आह्ववान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । सडक र बजार सुनसान छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : ५० बजे

अब ठेक्का रद्द भएपछिको काम पूर्वाधार कम्पनीलाई

काठमाडौं– सरकारले केही नेपाल ऐन, संशोधनमार्फत अब ठेक्का रद्द भएपछिको

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशकबीच भेटवार्ता

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व संघ

छुट्टै केन्द्र बनाउन खोजेपछि विप्लवलाई फकाउँदै माओवादी, नारायणकाजीले गरे एक घण्टा संवाद

काठमाडौं- नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल

नाइमा अटो एक्स्पोमा टीभीएसले सुरु गर्दै प्रिमियम कन्सेप्ट बाइकको नयाँ अध्याय

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा अटो र मोबिलिटी प्रदर्शनी नाइमा-२०२५ बुधबारदेखि आइतबारसम्म आयोजना हुँदैछ ।

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं – मुलुकभर परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात