अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन « Khabarhub

अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेकपा एमाले अछामले १०औँ राष्ट्रिय महाधिवेशनका लागि १४ जना प्रतिनिधि छनोट गरेको छ । कार्यदलले अछामको दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।

महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट छ जना छनोट गरिएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ बाट आठ जना छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फबाट कृष्णप्रसाद जैसी, हर्कबहादुर कुँवर ९ गोविन्द०, प्रकाश शाह, भरत अयडी, डिबी साउद, महिलातर्फ पशुपति कुँवर, दुधकला विष्ट प्रतिनिधिमा छनोट भएका छन् ।

दलित समावेशीतर्फ रामबहादुर आउजी र राधिका भुजेललाई छनोट गरिएको छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर २ खुलातर्फ यज्ञबहादुर बोगटी, बमबहादुर विसी, भरत साउद, शिवप्रसाद उपाध्याय, भिम जनाला, सर्वसहमतिबाट प्रतिनिधि छनोट गरिएको नेकपा एमाले अछामले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : ५३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना