बसको ठक्करबाट बालकको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट बालकको मृत्यु


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका २ जय चोकस्थित सडकमा बाग्मती प्रदेश–३–००१ ख २०० नम्बरको बसको ठक्करबाट बेलबारी नगरपालिका–४ बस्ने भावना अचार्यको छोरा ७ वर्षीय बिवस अचार्यको मंगलबार बिहान मृत्यु भएको छ ।

भावनासँगै पैदल हिँडिरहेको अवस्थामा बाटो काट्नेक्रममा उक्त बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै लेटाङ नगरपालिका ८ जाँतेस्थित खगेन्द्र प्रसाद खतिवडाको बनाउँदै गरेको घरबाट लडेर भारत बिहार घर भएका मिस्त्री ४५ वर्षीय मोहम्मद मुस्ताफको मंगलबार बिहान मृत्यु भएको छ ।

बिहान उठी बाथरुम जाने क्रममा घरको १ तला माथिबाट लडेर गम्भीर घाइते भएका उनको बिराटनगर नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ४६ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि