कतारमाथि नेपालको कीर्तिमानी जित | Khabarhub Khabarhub

कतारमाथि नेपालको कीर्तिमानी जित


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतारविरुद्धको टी २० क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाली महिला टिमले कीर्तिमानी जित हात पारेको छ । नेपालले कतारलाई एक सय १९ रनले पराजित गरको हो । नेपालले टी २० इन्टरनेशनलमा रनका आधारमा यो अहिलेसम्म कै फराकिलो जित हो । यसअघि सन् २०१९ मा इन्डोनेसिया विरुद्ध नेपालले ९२ रनको फराकिलो जित निकालेको थियो ।

कतारको दोहामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४६ रन बनायो । नेपालको टी २० अन्तर्राष्ट्रियमा यो अहिलेसम्म कै उच्च योगफल हो । यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध एक सय २६ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन्। इन्दुले ५५ रन बनाइन् ।

इन्दु बर्मा महिला टी २० आई सिरिजमा अर्धशतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेकी छिन् । यसअघि टी २० आईमा सीता राना मगरले इन्डोनेसियाविरुद्ध बनाएको ४८ रन उच्च स्कोर थियो ।

तेस्रो नम्वरमा ब्याटिङमा आएकी इन्दुले ४७ बलमा पाँच चौकाको मद्दतले ५५ रन बनाइन् । नेपालको स्कोर आठ रनमा एक विकेट हुँदा क्रिजमा आएकी इन्दुले सिता रानामगरसँग ८८ रनको उत्कृष्ट साझेदारी गरेकी थिइन् ।

राम्रो सुरुआत गर्न नसकेको नेपालले आठ रनमा पहिलो विकेट गुमाएको थियो । ओपनर काजल श्रेष्ठ मात्र तीन रनमा आउट भइन्। दोस्रो विकेटका लागि सिता र इन्दुले उत्कृष्ट ८८ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।

९६ रनमा दोस्रो विकेट गुमाएको नेपालकी कप्तान रुविना क्षेत्री शून्यमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमायो ।

जवाफमा कतार ११ ओभर पाँच बलमा मात्र २७ रनम अलआउट भयो ।

कतारका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि खदिजा इम्तियाज र एंगिलिना मरीले आठ आठ रन बनाइन भने केरीले सात रनको योगदान गरिन ।

यस्तै रिज्फा बानोले तीन रन बनाउँदा उसका सात खेलाडीले खाता खोल्न सकेनन् ।

नेपालका लागि बलिङमा रुविना क्षेत्रीले तीन, कविता कुवँर र सिता रानामगरले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : २८ बजे

मुलुकलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको छ : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थिरतातर्फ लैजाने

धमाधम स्वरुप फेर्दै काठमाडौंका सडकपेटी (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकपेटी सुधार र मर्मत थालेपछि सडकपेटी सुन्दर

कांग्रेस-एमालेको समीकरणले राजनीतिक स्थिरता हुनेमा शंका नै छ : माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तिले कांग्रेस–एमालेको समीकरणले

भाडाको फ्ल्याटबाट तस्करी- करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो

ललितपुर- ललितपुरमा अवैध रुपमा सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ६

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं– समयमै वर्षा भएसँगै मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ